काठमाडौं २२ बैशाख २०८२ ।
एनएमबि बैंकले १२औं हेरिटेज वाक सम्पन्न गरेको छ । शनिबार गट्ठाघर शाखाबाट सुरु भई शंखधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिरमा समापन उक्त वाक सम्पन्न भएको हो ।
बैंकले सांस्कृतिक सम्पदा प्रवर्द्धन र साक्षरता अभिवृद्धिमार्फत समृद्ध नेपालको सम्भावना उजागर गर्न तथा ऐतिहासिक र सामाजिक रुपान्तरणका लागि यो कार्यक्रम आयोजना गरेको जनाएको छ।
नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा आयोजित उक्त कार्यक्रममा बैंकका कर्मचारी, मध्यपुर थिमि नगरपालिकाका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका सदस्य र सर्वसाधारण गरी करिब ७०० जनाको सहभागिता थियो। मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पदा र वातावरण संरक्षणका लागि नेपाल हेरिटेज सोसाइटीलाई ५ लाख रुपैयाँ सहयोग प्रदान गर्नुका साथै मध्यपुर थिमि नगरपालिकालाई डस्टबिनहरू हस्तान्तरण गरेको छ।
यस्तै कार्यक्रम सातै प्रदेशमा पनि सम्पन्न भएको छ। कोशी प्रदेशमा पूर्व बस स्ट्यान्डदेखि पाउ पाथिभरा मन्दिर झापासम्म, मधेश प्रदेशमा वीरगन्ज शाखादेखि शंकराचार्य गेटसम्म, चितवनमा लायन्स चोकदेखि हरिहर मन्दिरसम्म, गण्डकी प्रदेशमा लेकसाइड शाखादेखि राम मन्दिर बिरौटासम्म, लुम्बिनी प्रदेशमा भलवारी शाखादेखि मोक्ष धाम सेवा आश्रमसम्म, कर्णाली प्रदेशमा वीरेन्द्रनगर शाखादेखि काक्रेबिहार मन्दिरसम्म र सुदूरपश्चिम प्रदेशमा ग्रीन गोदावरी रिसोर्टदेखि गोदावरी शिव मन्दिरसम्म हेरिटेज वाक आयोजना भएको छ।
हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गरिरहेको छ।










तपाईको प्रतिक्रिया