भिसाबाट माछापुच्छ्रे बैंक लगातार तेस्रो पटक सम्मानित

Bizness Post बिजनेस पोष्ट
|
२ दिन अगाडि

काठमाडौँ १० मंसिर, २०८३ 

माछापुच्छ्रे बैंक लिमिटेडले ‘भिसा लिडरसिप कन्क्लेभ’मा ‘एक्सिलेन्स इन पीओएस अक्वाइरिङ बिजनेस–एसोसिएट क्लाइन्ट’ अवार्ड प्राप्त गरेको छ। पीओएस अक्वाइरिङ बिजनेसअन्तर्गत उत्कृष्ट कार्यसम्पादन र योगदानको कदर स्वरूप बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो।

यो सम्मानसँगै डिजिटल भुक्तानी सेवामा बैंकले हासिल गरेको उपलब्धि थप उजागर भएको छ। यस अवार्डसँगै भिसाले माछापुच्छ्रे बैंकलाई लगातार तेस्रो पटक सम्मान गरेको हो।

बैंकले सन् २०२४ मा ‘एक्सिलेन्स इन पीओएस अक्वाइरिङ बिजनेस’ र सन् २०२३ मा ‘एक्सिलेन्स इन पीओएस अक्वाइरिङ–एसोसिएट मेम्बर’ अवार्ड जितेको थियो। भिसाले प्रदान गरेको निरन्तरको सम्मानले डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नवीन प्रविधिको अवलम्बन तथा ग्राहकलाई सहज, सुरक्षित र प्रभावकारी भुक्तानी सेवा प्रदान गर्ने बैंकको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ।

बैंकले यसअघि पनि इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२६ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट’ विधामा प्लाटिनम अवार्ड जितेको थियो। त्यसैगरी इन्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजित फोर्थ इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्ड्स २०२६ मा ‘बेस्ट पर्फमेन्स अन रिस्क म्यानेजमेन्ट’ लगायत अन्य अन्तर्राष्ट्रिय पुरस्कारबाट समेत बैंक सम्मानित भइसकेको छ।

तपाईको प्रतिक्रिया

Advertisement