काठमाडौँ, १ जेठ २०८३
सर्वोच्च अदालत ले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डे लाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश सारंगा सुवेदी र शान्तिसिंह थापा को इजलासले एक वरिष्ठ अधिवक्ताको रोहवरमा उनलाई छाडेर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको हो।
अदालतले पाण्डेलाई हिरासतमा राखिरहनुपर्ने पर्याप्त आधार नदेखिएको ठहर गर्दै बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको छ। साथै, विदेश जानुपर्ने अवस्था आएमा अदालतको अनुमति अनिवार्य हुने सर्त पनि तोकिएको छ।
यसअघि पाण्डेकी पत्नी निरु दाहाल ले गैरकानुनी थुनामा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।
केन्द्रीय अनुसन्धान ब्युरो ले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रियामा आपराधिक विश्वासघातसहितका आरोपमा पाण्डेलाई पक्राउ गरेको थियो।
पक्राउपछि बैंक तथा वित्तीय क्षेत्रका संघ–संगठनहरूले घटनालाई राजनीतिक पूर्वाग्रह प्रेरित भन्दै असन्तुष्टि जनाएका थिए।











तपाईको प्रतिक्रिया