यस्ता छन् राष्ट बैकको गर्भनरका लागि सिफारिस भएका ३ नाम

Bizness Post बिजनेस पोष्ट
|
८ महिना अगाडि

काठमाडौं ०६ जेठ २०८२-।

नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस भएको छ । अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको समितिले मन्त्रिपरिष्दमा ३ जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस भएकामध्ये पहिलो नम्बरमा प्रा.डा विश्वनाथ पौडेल, दोस्रोमा कामु गभर्नर निलम ढुंगाना र तेस्रोमा पूर्वसचिव दिनेश भट्टराई रहेका छन् ।

पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । त्यस्तै, ढुंगाना राष्ट्र बैंककै कामु गभर्नर हुन् ।

भट्टराई पूर्व सचिव हुन् । पहिलो नम्बरमा रहेका पौडेल गभर्नर बन्ने भएका हुन् ।

तपाईको प्रतिक्रिया