नबिल बैंकको नाफा ८ अर्ब नजिक, लाभांश क्षमतामा सुधार

Bizness Post बिजनेस पोष्ट
|
४ महिना अगाडि

काठमाडौं, २० श्रावण २०८३

नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२ र ८३ मा आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा ३३.५० प्रतिशतले वृद्धि भएर ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ पुगेको छ।

बैंकले अघिल्लो आर्थिक वर्ष २०८१ र ८२ मा ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यस वर्ष नाफा बढ्नुमा कर्जा नोक्सानी व्यवस्थापन बापतको रकममा आएको कमीले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।

गत वर्ष ४ अर्ब २० करोड १४ लाख रुपैयाँ रहेको कर्जा नोक्सानी व्यवस्था समीक्षा अवधिमा घटेर २ अर्ब ६७ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको सञ्चालन नाफामा समेत उल्लेख्य वृद्धि भएको छ। अघिल्लो वर्ष ९ अर्ब २३ करोड ५४ लाख रुपैयाँ रहेको सञ्चालन नाफा २५।२२ प्रतिशतले बढेर ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको हो।

यस्तै, बैंकको खुद ब्याज आम्दानी ४।१८ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा यस्तो आम्दानी १७ अर्ब ९ करोड २ लाख रुपैयाँ पुगेको छ।

वितरणयोग्य नाफा बढ्यो

नियमनकारी समायोजनपछि नबिल बैंकको खुद वितरणयोग्य नाफा ४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। त्यस्तै कुल वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ लाख रुपैयाँ कायम भएको छ।

यसअनुसार बैंकको प्रतिशेयर वितरणयोग्य नाफा १९ रुपैयाँ १० पैसा पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा १४ रुपैयाँ २५ पैसा थियो। वितरणयोग्य नाफामा ३४।०७ प्रतिशतको वृद्धि भएपछि बैंकको लाभांश दिनसक्ने क्षमतामा समेत सुधार आएको देखिन्छ।

बैंकको प्रतिशेयर आम्दानी ९ईपीएस० २८ रुपैयाँ ३६ पैसा पुगेको छ।

निक्षेप र कर्जा दुवै विस्तार

गत असार मसान्तसम्म नबिल बैंकको निक्षेप १२।९५ प्रतिशतले बढेर ५ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ नाघेको छ। यस अवधिमा बैंकले कर्जा प्रवाहलाई पनि १२ प्रतिशतले विस्तार गर्दै ४ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ पुर्‍याएको छ।

निक्षेप तथा कर्जा कारोबार विस्तारसँगै बैंकको कुल सम्पत्तिको आकार पनि बढेको छ। कुल सम्पत्ति १५।३८ प्रतिशतले वृद्धि भएर ७ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।

बैंकको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिती अग्राधिकार शेयरसहित ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ।

खराब कर्जा घट्यो, आधार दरमा पनि सुधार

बैंकको खराब कर्जा अनुपात ९एनपीएल० अघिल्लो वर्षको ४।४८ प्रतिशतबाट घटेर ४।२० प्रतिशतमा आएको छ। नेट एनपीएल भने ०।५८ प्रतिशतमा सीमित छ। त्यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ २८ पैसा रहेको छ भने पीई रेसियो १८।८६ कायम भएको छ।

बैंकको आधार दरमा पनि कमी आएको छ। अघिल्लो वर्ष ५।८३ प्रतिशत रहेको बेस रेट घटेर ४।४४ प्रतिशतमा आएको छ। स्प्रेड दर भने ३।१८ प्रतिशत कायम छ।

समीक्षा अवधिमा बैंकको पूँजी कोष अनुपात १२।३७ प्रतिशत र कर्जा–निक्षेप अनुपात ९सीडी रेसियो० ८०।१८ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ।

तपाईको प्रतिक्रिया