विवादपछि राजीनामा दिएका जेन्सन हुआङ एनभिडियाको सीईओमा पुनर्बहाली

Bizness Post बिजनेस पोष्ट
|
४ दिन अगाडि

काठमाडौं ७ मंसिर, २०८३।

एनभिडियाको सञ्चालक समितिले जेन्सन हुआङलाई पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारीमा फर्काउने निर्णय गरेको छ। कम्पनीले सोमबार यससम्बन्धी घोषणा गरेको हो।

कम्पनीका अध्यक्ष हार्भी सी जोन्सले विज्ञप्तिमार्फत हुआङको नेतृत्वप्रति संस्थाको पूर्ण भरोसा रहेको बताएका छन्। उनले हुआङले पुनः नेतृत्व सम्हाल्न लागेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा उनीसँग सहकार्य गर्न उत्साहित रहेको उल्लेख गरेका छन्।

विवाहेत्तर सम्बन्धको आरोपसहितका समाचार सार्वजनिक भएपछि विवादमा तानिएका हुआङले गत नोभेम्बर १२ मा एनभिडियाको सीईओ पदबाट राजीनामा दिएका थिए। सञ्चालक समितिको पछिल्लो निर्णयसँगै उनी पुनः कम्पनीको नेतृत्वमा फर्किने भएका छन्।

तपाईको प्रतिक्रिया

Advertisement