PHP प्रणालीमा दुई सुरक्षा कमजोरी, वेबसाइट तत्काल सुरक्षित गर्न आग्रह

Bizness Post बिजनेस पोष्ट
|
१ महिना अगाडि

काठमाडौँ ०८ कात्तिक २०८३

राष्ट्रिय साइबर सुरक्षा केन्द्रले PHP प्रणालीमा देखिएका दुई गम्भीर सुरक्षा कमजोरीबारे सचेत गराउँदै वेबसाइट तथा वेब एप्लिकेसन तत्काल सुरक्षित गर्न आग्रह गरेको छ।

केन्द्रले जारी गरेको अत्यन्त जरुरी साइबर सुरक्षा एडभाइजरीमा CVE-2026-109618 र CVE-2026-109619 नामका कमजोरी उल्लेख गर्दै प्रभावित प्रणाली अद्यावधिक गर्न निर्देशन दिएको हो।

यी कमजोरीको दुरुपयोग भए आक्रमणकारीले सर्भरमा अनधिकृत कोड चलाउन र संवेदनशील विवरणमा पहुँच पुर्‍याउन सक्ने जोखिम छ। WordPress, Joomla, Drupal र Magento जस्ता PHP मा आधारित प्लेटफर्म प्रयोग गर्ने वेबसाइट सञ्चालकलाई आफ्नो प्रणालीको संस्करण जाँच गरी आवश्यक सुरक्षा अपडेट गर्न आग्रह गरिएको छ। यद्यपि, सबै वेबसाइट प्रभावित छन् भन्ने होइन; जोखिम प्रयोग गरिएको संस्करण र सुरक्षा व्यवस्थामा निर्भर हुन्छ।

तपाईको प्रतिक्रिया

Advertisement