कस्तो रहला आजको मौसम ?

Bizness Post बिजनेस पोष्ट
|
२ हप्ता अगाडि

काठमाडौं २६ कार्तिक, २०८३, ।।

नेपालमा हाल माथिल्लो वायुमण्डलमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ। यसको असरले देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली भएको छ भने तराईका अधिकांश स्थानमा मौसम सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाले आज दिउँसो पनि देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।

त्यसैगरी, आज राति हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली कायम रहने र तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ। गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासँगै हिमपातसमेत हुन सक्नेछ।

यसैबीच, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हल्का हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया

Advertisement