|
३ हप्ता अगाडि
काठमाण्डौं २३ कार्तिक, २०८३।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रतिष्ठित अमेरिकी म्यागजिन ‘टाइम’ले सार्वजनिक गरेको सन् २०२६ का जलवायु क्षेत्रका विश्वका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा समेटिएका छन्।
जलवायु परिवर्तनको असर न्यूनीकरण, जलवायु न्याय र दिगो विकासका क्षेत्रमा पुर्याएको योगदानका आधारमा टाइमले उनलाई उक्त सूचीमा राखेको हो।
विशेषगरी रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उनले निर्वाह गरेको भूमिका, जलवायु न्यायका पक्षमा अन्तर्राष्ट्रिय मञ्चमा उठाएको आवाज तथा जलवायु वित्तको प्रभावकारी व्यवस्थापनका लागि गरेको पहललाई छनोटको प्रमुख आधार मानिएको छ।
सूचीमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायती राजकुमार विलियम र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनलगायत विश्वप्रसिद्ध व्यक्तित्वहरू पनि समावेश छन्।











तपाईको प्रतिक्रिया