एनएमबि बैंकको लाभांश घोषणा

Bizness Post बिजनेस पोष्ट
|
२ महिना अगाडि

काठमाडौँ २२ आश्विन २०८३

एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। यसका साथै बैंकले एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार शेयरका लागि ८.२५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा पनि गरेको छ।

असोज २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया