काठमाडौं २५ भाद्र २०८३
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरूलाई ५.९९ प्रतिशतको स्थिर ब्याजदरमा ‘सजिलो घर कर्जा’ र ‘व्यक्तिगत सवारीसाधन कर्जा’ योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार सजिलो घर कर्जामा ५ वर्षसम्म र व्यक्तिगत सवारीसाधन कर्जामा ३ वर्षसम्म ब्याजदर स्थिर रहनेछ।
स्थिर अवधि समाप्त भएपछि बैंकको प्रचलित औसत मासिक आधार दरमा १.५ प्रतिशत प्रिमियम थप गरी नयाँ ब्याजदर कायम गरिनेछ। यस योजनामा सहभागी हुन ग्राहकले नजिकैको शाखामा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ।
डिजिटल सेवा र बैंकका सुविधाहरू
नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल सेवा सञ्चालनमा ल्याइसकेको बैंकले नवयुवाका लागि ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ र एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक सेवा’ पनि चलाइरहेको छ। फ्रिलान्सरहरूका लागि विशेष बचत खाता, मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन तथा सीआरएन सेवा र अन्य बैंकका ग्राहकले पनि शाखाबाटै क्युआर स्क्यान गरी नगद झिक्न सकिने क्रस बैंक टेलर सुविधासमेत बैंकले उपलब्ध गराएको छ।
देशका ६१ जिल्लामा रहेका २ सय शाखा, १ सय ६९ एटिएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइबाट बैंकले २० लाख ६४ हजार ग्राहकलाई सेवा दिँदै आएको छ।











तपाईको प्रतिक्रिया