साल्ट ट्रेडिङले भन्यो-अन्य कम्पनीको सिलिन्डर साट्न हाम्रो क्षमताले भ्याउँदैन

Bizness Post बिजनेस पोष्ट
|
१ महिना अगाडि

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनअनुसार जुनसुकै कम्पनीको खाली सिलिन्डर साट्ने व्यवस्था मिलाउन व्यावहारिक रूपमा नसकिने साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ। मन्त्रीस्तरको मौखिक निर्देशनपछि कार्यान्वयनमा प्राविधिक र व्यावहारिक अड्चन उत्पन्न भएको कर्पोरेसनको भनाइ छ।

नेपाल आयल निगम र मन्त्रालयबाट स्पष्ट कार्यविधि तथा औपचारिक निर्णय नआएसम्म यो निर्देशन कार्यान्वयन हुन नसक्ने साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीले बताए। उनले बजारमा आफूहरूको उपस्थिति निकै कम रहेकाले अन्य कम्पनीका सिलिन्डर साट्न थालेमा आपूर्ति व्यवस्था नै बिग्रने तर्क गरे।

हाल देशभरको एलपीजी ग्यास बजारमा साल्ट ट्रेडिङ (एसटिसी ग्यास) को हिस्सा २ देखि ३.५ प्रतिशत मात्र छ। बाँकी ९७ प्रतिशतभन्दा बढी माग ५७ देखि ५८ वटा निजी ग्यास उद्योगहरूले धान्दै आएका छन्।

सीमित उत्पादन क्षमता रहेको अवस्थामा अन्य कम्पनीका उपभोक्ताहरू सिलिन्डर साट्न आएमा माग धान्न नसकिने कर्पोरेसनले स्पष्ट पारेको छ। कुल १०० सिलिन्डरमा साल्ट ट्रेडिङले ३ वटा मात्र उत्पादन गर्दा २० देखि ५० प्रतिशत अन्य उपभोक्ता आएमा ग्यास पुर्‍याउन असम्भव हुनेछ।

सरकारी निर्देशनलाई व्यवहारमा उतार्न आयल निगम र मन्त्रालयले निश्चित अनुपात (रेसियो) वा मोडालिटी तय गरेर लिखित पत्राचार गर्नुपर्ने हुन्छ। स्पष्ट रूपरेखा नआएसम्म हालकै अवस्थामा सिलिन्डर साट्न सुरु गर्न नसकिने राजभण्डारीले जानकारी दिए।

मन्त्रालय र सरोकारवाला निकायहरूसँग थप छलफल गरेर मात्र यस विषयमा ठोस निष्कर्षमा पुग्न सकिने साल्ट ट्रेडिङको भनाइ छ। हाल आफ्नै ब्रान्डका सीमित सिलिन्डर बिक्री गर्दै आएको कर्पोरेसनले लिखित सहमतिपछि मात्रै थप प्रक्रिया अगाडि बढाउने जनाएको छ।

तपाईको प्रतिक्रिया