खाद्य बैंकको केन्द्रिय कार्यालय तथा केन्द्रिय मार्ट पेप्सिकोलामा सर्दै

Bizness Post बिजनेस पोष्ट
|
९ महिना अगाडि

काठमाण्डौ ३० फाल्गुन २०८२,।

काठमाण्डौको जडिबुटी स्थीत नरेफाँटमा रहेको राष्ट्रिय खाद्य बैकको केन्द्रिय कार्यालय भक्तपुरको दिब्यश्वरी प्लानिङमा सर्ने भएको छ । बैकले आफनो केन्द्रिय मार्ट सहित कार्यालयको भब्य सञ्चालनको लागि काठमाण्डौको पेप्सीकोलाबाट सानोठीमि जानेबाटोको दिब्यश्वरी प्लानिङमा सर्ने भएको हो । बैंकले आफनो आधिकारिक फेसबुक पेजमा सोको जानकारी शेयरधनी महानुभावहरुलाई गराएको हो । बैंकका संस्थापक अध्यक्ष तथा हालका कार्यकारी प्रमुख डा शंकरनाथ उप्रेतीले जनाए अनुसार भोली चैत्र १ गते देखि बैकको प्रधान कार्यालय सो स्थानमा सर्न लागेको हो ।

१२ हजार स्क्वायरफिट क्षेत्रफलमा फैलिएको सो भब्य भवनबाट बैकले केन्द्रिय मार्ट सञ्चालन गर्ने तयारी रहेको उप्रेतीले बताए । सो मार्टको उद्घाटन भने आगामी बैशाख १ गते गरिने शंकरनाथ उप्रेतिले बताए । उनका अनुसार सो मार्टको रंगरोगन, तथा पार्टेशनका काम अहिले भइरहेको छ । त्यस भवनबाट केन्द्रिय कार्यालय सञ्चालन हुनुका साथै त्यहाँ रहने भब्य मार्टमा बैकका उत्पादनहरुको प्रशोधन, आफनै ब्रान्डिङ तथा विक्रि प्रर्बद्धनको काम हुनेछ ।
२ अर्ब लगानीमा खुलेको राष्टिय खाद्य बैंकले निकट भविष्यमै सर्वसाधारणका लागि आइपिओ समेत जारी गर्दैछ । सो को तयारी लगभग पुरा भएको बैंकले जनाएको छ । केही महिना भित्रै आइपिओ जारी हुने बैंकले जनाएको छ ।

बैकको चलअचल सम्पति ६५ करोड भन्दा माथि रहेको बताइएको छ। एकान्तकुनाको आफनो घर भाडामा लगाएको बैकको देशका विभिन्न् भागहरु झापा ,मोरङ, मकबानपुर, सप्तरी, बारा, कास्की , बर्दिया, ईलाम लगायतका ठाउँमा जग्गा जमिन रहेको छ । त्यहाँबाट बैकले कृषि उत्पादन मार्फत आम्दानी गर्दै आइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

Advertisement