बाढीपीडितको राहतका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सको १ करोड सहयोग

Bizness Post बिजनेस पोष्ट
|
३ महिना अगाडि

काठमाडौं,११ भदौ २०८३

रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढी र पहिरोबाट प्रभावितको उद्धार तथा पुनस्र्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्स अगाडि बढेको छ। कम्पनीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

विपद्को कठिन घडीमा प्रभावित नागरिकको पीडा न्यूनीकरण गर्न सरकारसँग ऐक्यबद्धता जनाउँदै उक्त रकम दिने निर्णय भएको कम्पनीले जनाएको छ। बाढी–पहिरो प्रभावितहरूप्रति समवेदना व्यक्त गर्दै कम्पनीले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।

विपद्का क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कम्पनीले उद्धारमा खटिएका टोलीको प्रशंसा गरेको छ। जोखिम मोलेर निरन्तर खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक र स्थानीय समुदायको योगदानप्रति कम्पनीले उच्च सम्मान व्यक्त गरेको छ।

सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै राष्ट्रलाई संकट पर्दा सधैं नागरिकको साथमा उभिने कम्पनीले बताए। आगामी दिनमा पनि देश र नागरिकको हितमा आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता उसले जनाएको छ।

तपाईको प्रतिक्रिया