खामेनीको मृत्यु र विश्वको सावधानीपूर्ण प्रतिक्रिया

Bizness Post बिजनेस पोष्ट
|
२ महिना अगाडि

काठमाडौँ १७ फाल्गुन २०८२

स्थिरता जोगाउन संयमता आवश्यक रहेको जनाएको छ । वार्ताको मध्यस्थता गर्दै आएको ओमानले भने अमेरिकी कारबाहीले अन्तर्राष्ट्रिय कानूनको सिद्धान्त उल्लङ्घन गरेको टिप्पणी गरेको छ ।

अस्ट्रेलिया र क्यानाडाले अमेरिकी आहड्तालको समर्थन जनाएका छन् । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले इरानलाई मध्यपूर्वमा अस्थिरता र आतङ्कको प्रमुख स्रोत बताएका छन् । यसको विपरीत रुसले आक्रमणलाई पूर्वयोजनाबद्ध सशस्त्र कारबाही भनेको छ र चीनले तत्काल सैन्य कारबाही रोक्न तथा संवादमा फर्किन आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयले इरानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान हुनुपर्ने धारणा सार्वजनिक गरेको छ ।

क्षेत्रीय स्तरमा जनजीवनमा मिश्रित प्रभाव देखिएको छ । कब्जा गरिएको पश्चिम किनारमा इजरायलको आइरन डोमले मिसाइल अवरोध गरिरहँदा आकाशमा विस्फोटको आवाज सुनिए पनि दैनिक गतिविधि पूर्ण रूपमा ठप्प भएको छैन । तर इजरायलले चेकपोइन्टहरू बन्द गरेपछि आपूर्ति अवरोधको आशङ्काले पेट्रोल पम्पहरूमा लामो लाइन देखिएको छ । प्यालेस्टिनी प्राधिकरणले अरब राष्ट्रहरूविरुद्ध इरानी आक्रमणको निन्दा गरेको छ, तर अमेरिकी वा इजरायली कारबाहीबारे टिप्पणी गरेको छैन ।

नर्वेका विदेशमन्त्री एस्पेन बार्थ इडेले अवस्था ‘नयाँ, व्यापक युद्ध’ तर्फ जान सक्ने चिन्ता व्यक्त गरेका छन् । नोबेल शान्ति पुरस्कार विजेता इन्टरनेसनल क्याम्पेन टु एबोलिस न्युक्लियर वेपन्सले पनि आक्रमणको निन्दा गर्दै यसले आणविक प्रसार र सम्भावित प्रयोगको जोखिम बढाउने चेतावनी दिएको छ । युरोपेली सङ्घ (इयु) र अरब लिगले सबै पक्षलाई संयम अपनाउन र तनाव वा द्वन्द्व न्यूनीकरण गर्ने प्रक्रियातर्फ अग्रसर हुन आग्रह गरेका छन् ।

खामेनीको रिपोर्ट गरिएको मृत्यु, नेतृत्व सङ्क्रमणको अनिश्चितता र तीव्र सैन्य कारबाहीबीच मध्यपूर्व गम्भीर मोडमा उभिएको छ । कूटनीतिक प्रयास सफल नभए क्षेत्रीय द्वन्द्व अझ फराकिलो दायरामा फैलिन सक्ने जोखिमप्रति विश्व समुदाय सचेत देखिएको छ ।

तपाईको प्रतिक्रिया