काठमाडौं २ भाद्र २०८३,।
लेखक, बैङ्कर तथा कानुन व्यवसायी स्वयम्भू शाक्यद्वारा लिखित ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ पुस्तक सार्वजनिक हुने भएको छ। शब्दयात्रा प्रकाशनले उक्त पुस्तक यही भदौ १३ गते शनिबार विशेष समारोह आयोजना गरी सार्वजनिक गर्न लागेको हो।
शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना हुने समारोह दिउँसो १२ः३० बजे सुरु हुनेछ। पुस्तक सार्वजनिक कार्यक्रममा साहित्य, कला तथा वाङ्मय क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ।
‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ मा साहित्यकार हरि मञ्जुश्रीको साहित्यिक यात्रा, सिर्जना र नेपाली वाङ्मयमा पुर्याएको योगदानलाई केन्द्रमा राखिएको छ। लेखक शाक्यले मञ्जुश्रीको लेखन, व्यक्तित्व र साहित्यिक कर्मलाई विभिन्न कोणबाट प्रस्तुत गरेका छन्।
हरि मञ्जुश्री नेपाली साहित्यमा कविता, गीत तथा अन्य सिर्जनात्मक विधामार्फत आफ्नो विशिष्ट पहिचान बनाएका स्रष्टाका रूपमा परिचित छन्। उनको साहित्यिक यात्रालाई दस्तावेजका रूपमा प्रस्तुत गर्ने प्रयास पुस्तकमा गरिएको छ।
लेखक शाक्यले साहित्यिक व्यक्तित्वको सिर्जनायात्रालाई नजिकबाट नियाल्दै त्यससँग जोडिएका विभिन्न पक्षलाई पुस्तकमा समेटेका छन्। यसले हरि मञ्जुश्रीको साहित्यिक योगदान बुझ्न चाहने पाठकका लागि पुस्तक उपयोगी हुने अपेक्षा गरिएको छ।
शब्दयात्रा प्रकाशनले नेपाली साहित्य तथा वाङ्मयसँग सम्बन्धित महत्वपूर्ण कृति प्रकाशन र सार्वजनिक गर्दै आएको छ। सोही क्रममा ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ पनि साहित्यिक क्षेत्रमा महत्वपूर्ण सामग्रीका रूपमा प्रस्तुत गर्न लागिएको प्रकाशनले जनाएको छ।
पुस्तक सार्वजनिक समारोहमा साहित्यकार, लेखक, सञ्चारकर्मी तथा साहित्यप्रेमीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।











तपाईको प्रतिक्रिया