सिटिजन लाइफको खुद नाफा ३९ करोड नाघ्यो

Bizness Post बिजनेस पोष्ट
|
४ महिना अगाडि

काठमाडौं २९ श्रावण २०८३।

सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफामा शतप्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ। कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणले यस्तो प्रगति देखाएको हो।
वित्तीय विवरण अनुसार इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३९ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा अर्जित १८ करोड ९१ लाख रुपैयाँको तुलनामा १०६.६३ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क २५.८७ प्रतिशतले बढेको छ। त्यसैगरी कुल आम्दानीमा पनि २१.५९ प्रतिशतको सुधार आएको छ।आम्दानीसँगै इन्स्योरेन्सको खुद दाबी भुक्तानी २७.६९ प्रतिशत र कुल खर्च २४.८० प्रतिशतले वृद्धि भएको छ। खर्च बढे पनि नाफामा आएको उल्लेख्य सुधारका कारण प्रतिशेयर आम्दानी बढेको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३ पैसाले बढेर ७ रुपैयाँ ८२ पैसा पुगेको छ। चौथो त्रैमासको अन्त्यसम्ममा मूल्य आम्दानी अनुपात ५५.६७ गुणा र प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ६० पैसा छ।हाल ५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको शेयर प्रिमियममा ४४ करोड ९६ लाख रुपैयाँ रहेको छ।

त्यस्तै महाविपत्ती कोषमा २६ करोड ९४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ४९ करोड ८३ लाख रुपैयाँ र अन्य इक्विटीमा ३६ करोड २६ लाख रुपैयाँ सञ्चित छ।

तपाईको प्रतिक्रिया

Advertisement