|
४ महिना अगाडि
काठमाडौं१३ साउन २०८३– नेपाल सरकारको विभिन्न क्षेत्र तथा संस्थामा रहेको कुल लगानी ९ खर्ब ६५ अर्ब ८० करोड ७६ लाख रुपैयाँ नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको २०८३ असार मसान्तसम्मको लगानी तथा प्राप्तिको मासिक प्रतिवेदन अनुसार सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८० करोड ७६ लाख ६४ हजार ८९७ रुपैयाँ पुगेको हो।
सरकारले सार्वजनिक संस्थान, वित्तीय संस्था, विभिन्न आयोजना तथा अन्य रणनीतिक क्षेत्रमा सेयर र ऋणमार्फत लगानी गर्दै आएको छ। प्रतिवेदनअनुसार कुल सरकारी लगानीमध्ये ऋण लगानीको हिस्सा बढी रहेको छ।
सरकारको हालसम्मको सेयर लगानी ४ खर्ब १० अर्ब ५५ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने ऋण लगानी ५ खर्ब ५५ अर्ब २५ करोड ३५ लाख रुपैयाँ पुगेको छ।












तपाईको प्रतिक्रिया