२२ वटा समस्याग्रस्त सहकारीको ३ अर्ब ७१ करोड ६६ लाख रुपैयाँ फिर्ता तथा मिलान

BusinessPost बिजनेस पोष्ट

ललितपुर २३ असार २०८२

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विभिन्न २२ वटा सहकारीका ६१ हजारभन्दा बढी बचतकर्तालाई सो बराबरको बचत फिर्ता तथा हिसाब मिलान गरेको छ ।

समितिले आइतबार पत्रकार सम्मेलन गरि स्थापनाकालदेखि हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै २२ वटा समस्याग्रस्त सहकारीको ३ अर्ब ७१ करोड ६६ लाख रुपैयाँ फिर्ता तथा मिलान भएको जानकारी दिएको हो ।

पीडितहरूको अझै ३४ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता हुन बाँकी रहेको छ । समितिका अनुसार हालसम्म ६१ हजार ९४ जना मागदाबीकर्ताको कुल मागदाबी रकम ३८ अर्ब ४२ करोड ९६ लाख ३२ हजार रुपैयाँको मागदाबी परेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया