काठमाडौँ ०९ असार २०८३।
काठमाडौँस्थित विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री विष्णु पौडेललाई सात दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार उनलाई अदालतमा पेश गर्दै म्याद थपको माग गरेको थियो।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोईरालाको संयुक्त इजलासले अनुसन्धानका लागि सात दिनको समय उपलब्ध गराएको हो। यसअघि विभागले भने २० दिन हिरासतमा राख्ने अनुमति माग गरेको थियो।
विभागका अनुसार सम्पत्ति शुद्धीकरण प्रकरणमा अनुसन्धान भइरहेको व्यवसायी दीपक भट्टसँग पौडेलको शंकास्पद आर्थिक कारोबार देखिएको छ। सोही आधारमा विभागको सिफारिसमा उनलाई पक्राउ गरिएको हो।
पौडेललाई सोमबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट नियन्त्रणमा लिइएको थियो। त्यसपछि सड्क मार्गबाट मंगलबार बिहान काठमाडौँ ल्याई अदालतमा उपस्थित गराइएको हो।











तपाईको प्रतिक्रिया