काठमाडौ २७ जेठ २०८३
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरूको आवासीय सपना साकार पार्ने उद्देश्यसहित आकर्षक “घर कर्जा” योजना सार्वजनिक गरेको छ। “सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार” भन्ने सन्देशसहित बैंकले प्रतिस्पर्धी ब्याजदरमा सहज र लचिलो कर्जा सुविधा उपलब्ध गराइरहेको हो।
यस योजना अन्तर्गत ग्राहकहरूले वार्षिक ६.९९ प्रतिशतको न्यून स्थिर ब्याजदरमा घर कर्जा लिन सक्नेछन्, जुन पहिलो ७ वर्षसम्म परिवर्तन नहुने व्यवस्था गरिएको छ। यसले दीर्घकालीन योजना बनाउने ग्राहकहरूलाई ब्याजदरको उतारचढावबाट सुरक्षित राख्दै आर्थिक स्थायित्व प्रदान गर्ने अपेक्षा गरिएको छ।
७ वर्षको स्थिर अवधिपछि भने बैंकको प्रचलित औसत मासिक आधारदरमा १ प्रतिशत प्रिमियम थप गरी नयाँ ब्याजदर निर्धारण हुनेछ। हाल जेष्ठ महिनामा बैंकको औसत आधारदर ५.२८ प्रतिशत कायम रहेको छ, जसले आगामी ब्याजदर संरचनाबारे ग्राहकलाई स्पष्ट संकेत दिन्छ।
यसका साथै, बैंकले परिवर्तनशील ब्याजदर रोज्ने ग्राहकका लागि पनि विकल्प खुला राखेको छ। यस्तो अवस्थामा प्रचलित औसत आधारदरमा ०.५ प्रतिशत प्रिमियम थप गरी ब्याजदर निर्धारण गरिनेछ। ग्राहकहरूले आफ्नो आम्दानी, जोखिम सहनशीलता र दीर्घकालीन योजनाअनुसार स्थिर वा परिवर्तनशील ब्याजदरमध्ये उपयुक्त विकल्प चयन गर्न सक्नेछन्।
यो विशेष योजना २०८३ साल आषाढ मसान्तसम्म लागू रहनेछ। बैंकका अनुसार, घर निर्माण वा खरिद गर्न चाहने ग्राहकहरूलाई सहज, पारदर्शी र प्रतिस्पर्धी सेवा प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको हो।
थप जानकारीका लागि इच्छुक ग्राहकहरूले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका देशभर रहेका शाखा कार्यालयहरूमार्फत प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन्।











तपाईको प्रतिक्रिया