एसईईको नतिजा : ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

Bizness Post बिजनेस पोष्ट
|
७ महिना अगाडि

काठमाडौँ २९ बैशाख २०८३

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमार्फत परीक्षा सकिएको २९औं दिनमै बोर्डले नतिजा सार्वजनिक गरेको हो। यस वर्षको नतिजा अनुसार सहभागी कुल ४ लाख ३० हजार ६ सय ६७ विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गर्न सफल भएका छन् ।

यसपटकको नतिजा प्रकाशन प्रक्रियामा बोर्डले नयाँपन दिँदै परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाएको थियो । जसका कारण छोटो समयमै नतिजा ल्याउन सम्भव भएको हो। यस वर्षको परीक्षामा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना गरी कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले परीक्षा फारम भरेका थिए।

तपाईको प्रतिक्रिया

Advertisement