बैशाख २१ गतेदेखि आईपीओ निष्काशन गर्दै सर्वोत्तम पेन्ट्स

Bizness Post बिजनेस पोष्ट
|
७ दिन अगाडि

काठमाडाैं ९ बैशाख २०८३

सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले वैशाख २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर (प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्य) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । सोमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आरक्षित गरी निष्काशन गर्न लागिएको हो ।

यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले वैशाख २४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ४ गतेसम्म थपिनेछ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको भूमिका ग्लोबल आइएमई क्यापिटल लिमिटेडले निर्वाह गर्नेछ । आवेदनकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू मार्फत वा ‘मेरो शेयर’ अनलाइन प्रणालीको सि–आस्बा मार्फत आवेदन दिन सक्नेछन् ।

केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी माइनस (इस्यूअर)’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको दायित्व भुक्तानी गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ ।

तपाईको प्रतिक्रिया