खुला मञ्च सर्वसाधारणका लागि आजदेखि खुला

Bizness Post बिजनेस पोष्ट
|
८ महिना अगाडि

काठमाडौँ,३ बैशाख २०८३

आजदेखि सर्वसाधारणको लागि खुलामञ्च खुला गरिएको छ ।

बिहीबार बिहान काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलको सहभागितामा खुलामञ्च खुल्ला गरिएको हो । खुलामञ्चमा आज ध्यान योग पनि गरिएको थियो ।

प्रधानमन्त्री बालेन शाह काठमाडौँको मेयर हुँदा खुलामञ्च दुवो लगाउने, भौतिक संरचना व्यवस्थापन गर्ने लगायतका काम गरिएको थियो ।

अब यहाँ नागरिकले स्वतन्त्र रूपमा आवतजावत र व्यायाम गर्न सक्नेछन् ।

यसअघि महानगरले ९० लाख रुपैयाँ लागतमा दुबो रोप्ने, वरिपरि पैदल मार्ग निर्माण र स्मार्ट बत्ती जडान गरेको थियो । खुलामञ्चको व्यवस्थापन काठमाडौं महानगरको वडा नम्बर २७ र २८ लाई दिइएको छ । यसलाई हरियाली चौरका रूपमा विकास गरी सर्वसाधारणलाई टहल्ने, आराम गर्ने र खेल्ने स्थानको रूपमा विकास गरिएको हो ।

तपाईको प्रतिक्रिया

Advertisement