उद्यमी जन्माउने बैंक अर्थात नबिल बैंक

Bizness Post बिजनेस पोष्ट
|
२ महिना अगाडि

रिसव गौतम

काठमाण्डौ ७ फागुन २०८२

नीजि क्षेत्रका बैंकहरुमध्ये पनि आफनो बेग्लै परिचय बनाउँदै आएको नबिल बैंक वित्तिय क्षेत्रको एउटा विश्वासको खम्बा हो । त्यो किन पनि हो भने नबिल बैंंक एक्लैले गत पुष मसान्तसम्म ५ खर्ब ६६ अर्ब ५ करोड ८४ लाख निक्षेप संकलन गरेको छ । नीजि क्षेत्रको एउटै बैंकले त्यो पैमानामा निक्षेप संकलन गर्नु र त्यही अनुसार कर्जा (पुष मसान्त ४ खर्ब २४ अर्ब ६२ करोड) प्रवाह गर्नसक्नु जनताको ठुलो भरोषा नभइ सकिने विषय होइन् । फेरी २७ अर्ब (चुक्ता पुँजी ) लगानी रहेको बैंकले त्यो विधि निक्षेप संकलन र कर्जा प्रवाह गर्नु सामान्य होइन् । बैंक सिस्टममा नचली र बैंर्करहरुले क्षमता प्रर्दशन नगरी त्यो सम्भव रहने कुरा होइन् ।
निक्षेप र कर्जा प्रवाहमा छलाङ्ग मारेको नबिल बैंकको चालु आर्थिक बर्षको दोश्रो त्रैमाससम्मको नाफा नै ४ अर्ब ७५ करोड ९६ लाख रहेको छ । जुन अन्य सबै बाणिज्य बैंकहरुको भन्दा बढी हो । गत आर्थिक बर्षको सोही अवधिको तुलनामा बैंकले खुद नाफा ४६.७१ प्रतिशतले बढाएको छ । जुन नयाँ सिइओ मनोज कुमार ज्ञावली र ब्यवस्थापकीय टीमको अथक प्रयासको प्रतिफल हो ।
नाफा, निक्षेप संकलन, कर्जा प्रवाह आदीमा अब्बल मात्र होइन् बैंकले सामाजिक उत्तरदायित्व बहनमा पनि आफुलाई जिम्मेवार बनाउँदै लगेको देखिन्छ । खासगरी बैंकको नयाँ उद्यमी जन्माउने कुरामा जोड देखिन्छ । त्यसको लागि बैंकले केही वर्ष यता देखि प्रयत्न पनि गरिरहेको छ । जुन अति प्रसंशनीय काम हो । किनकी देशको आर्थिक सम्बृद्धि उद्यमशीलता र उत्पादन बृद्धिमा निर्भर छ । हामीले उत्पादन बडाउन सक्यौं भने त्यसको आन्तरिक खपत बढाएर परनिर्भरता घटाउन सक्छौ ।
जसले आयात प्रतिस्थापन र निर्यात बढाउने कुरामा सफलता मिल्छ ।

फलस्वरुप बार्षिक १५ खर्बको अहिलेको ब्यापारघाटा जो छ, त्यसलाई न्युनिकरण गर्न सकिन्छ । रेमिट्यान्सले धानिरहेको देशको पैसा आयात मार्फत बाहिर जाँदैन र मुलुकको सम्बृद्धिमा योगदान पुग्छ । त्यसकारण कृषि, सुचना प्रविधि, पर्यटन, लघुउद्यम, उद्योग जस्ता क्षेत्रमा हजारौ होइन् लाखौँ उद्यमीहरु जन्माउन सक्ने हो भने विनोद चौधरीहरुले प्रर्बद्धन गरेको नबिल बैंक जस्तै अरु पनि बैकहरु जन्माउन सकिन्छ । र, ब्यवसाय विस्तारमा वित्तिय क्षेत्र अब्बल हुनसक्छ । त्यसकारण उद्यमी जन्माउने नबिल बैंकको प्रयास वित्तिय क्षेत्रकै लागि उदाहरणीय छ । किनकी त्यसरी जन्मले उद्यमीहरु भोली बैंक तथा वित्तिय संस्थाहरुकै दिगो ब्यवसाय विस्तारको लागि साँझेदार हुन्छन् ।
नबिल बैंकले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत केही बर्षयता देखि सञ्चालन गरिरहेको ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनर सिप’ले धेरै युवाहरुलाई आर्कषण गरेको छ । अहिलेसम्म सो कार्यक्रम अन्तर्गत १ हजार ६९ जनालाई उद्यमशीलता तालिम प्रदान गरिएको छ । तीमध्ये १३१ वटा सामाजिक उद्यमहरु स्थापना भएका छन् । जसले ग्रामिण स्तरमा रोजगारी र आय आर्जनको अवसर सिर्जना गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नबिलले गरेको सो प्रयासले देशलाई उद्यमशीलताको बाटोमा हिँड्न योगदान दिएको छ ।

बैकको सो कार्यक्रमलाई देशका विभिन्न शैक्षिक संस्थाहरुले समेत साझेदारी गरेका छन् । सो साझेदारीमा कोशीको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, मधेसको वीरगन्ज पब्लिक कलेज र मोनास्टिक सेकेन्डरी बोर्डिङ स्कुल, वाग्मतीको क्याम्पियन कलेज र बुढानीलकण्ठ स्कुल, लुम्बिनीको क्षितिज इन्टरनेसनल कलेज, दिव्यज्योति बहुमुखी क्याम्पस र कोहलपुर मोडेल कलेज, कर्णालीको सुर्खेत मोडेल कलेज र सुदूरपश्चिमको सुदूर पश्चिमाञ्चल एकेडेमी लगायत अटाएका छन् । बैकले आफनो यस कार्यक्रमलाई एउटा तालिम मात्र नभएर आर्थिक रुपमा विपन्न एवं पिछडिएको बर्ग समुदायहरुलाई स्तरउन्नतीमा सघाउने प्रत्यन्नको रुपमा हेरेको छ । ग्रामिण भेगसम्म विस्तार गरिएको यस कार्यक्रम वास्तम्बमा एउटा नमुना प्रयास समेत हो ।

यस्ता प्रयासहरु नबिल बैकले मात्रै होइन् अन्य बैंकहरुले पनि अनुशरण गर्नु देश हितमा छ । एक्लै वा दुक्लैको प्रयासले मात्रै पनि देशमा आमुल परिवर्तन सम्भव छैन । फेरी देशको सम्बृद्धिको मुहार फेर्न अर्थतन्त्रमा ८५ प्रतिशत हिस्सा ओगट्ने नीजि क्षेत्रको भुमिका अझ प्रवल हुन्छ । फेरी पैसाको बागडोर मुल रुपमा बाणिज्य बैंकहरुले नै सम्हालेका छन् । शरिरमा रगतको भुमिका जस्तै देश विकासमा पुँजीको भुमिका प्रखर हुन्छ ।
सम्बृद्धिको ढोका खोल्न पुँजीको प्रवाह नदीजस्तै सलल बगिरहने हो भने देशको विकास टाढा पनि छैन । त्यसका लागि बैंकहरुको भुमिका विशाल छ । अझ नबिल बैंक जस्तो विशाल बैंकले अझै विशाल सोच र उदेश्य साथ काम गरोस् । उद्यमशीलता र विकासको खातिर लगानी बढाआयेस् । जसले २–४ हजार होइन् ५० औ हजारलाई उद्यमशीलता सिकाओस् र उद्यमी बनाओस् ।

तपाईको प्रतिक्रिया