|
३ महिना अगाडि
काठमाडौँ २० माघ २०८२।
प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन्।
शर्मालाई आज बसेको बैंक सञ्चालक समितिको बैठकले सिइओमा नियुक्त गरेको छ।
उनको चार वर्षको कार्यकाल हुनेछ। शर्मासँग यो क्षेत्रमा काम गरेको २५ वर्षको अनुभव छ।
उनले यसअघि तत्कालीन सानराइज बैंक (हाल लक्ष्मी सनराइज), माछापुच्छ्रे बैंकमा सिइओको रूपमा समेत काम गरेका थिए।











तपाईको प्रतिक्रिया