एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

Bizness Post बिजनेस पोष्ट
|
४ महिना अगाडि

काठमाण्डौ २० पौष २०८२

एनआईसी एशिया बैंक लिमिटेडले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बराबरको हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ। बैंकको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले यसका लागि नेपाल राष्ट्र बैंकसँग अनुमति माग्ने निर्णय गरेको हो।

हाल बैंकको चुक्ता पूँजी रु. १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रहेको छ। यसअनुसार, बैंकले रु. ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० बराबरको हकप्रद शेयर निष्कासन गर्ने योजना बनाएको छ। यो शेयरको संख्या ७ लाख ४५ हजार ८७ हजार ८३५ कित्ता रहनेछ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी तय गरिएको अनुपातमा हकप्रद शेयर निष्कासन गरिनेछ।

तपाईको प्रतिक्रिया