नेपाल बैंक लिमिटेडको टप अप गरौँ बोनस पाऔँ अभियान सञ्चालनमा

Bizness Post बिजनेस पोष्ट
|
५ महिना अगाडि

काठमाडौँ ४ पुष २०८२- नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरी बैंकको सेवा प्रदायक एफवान सफ्टसँगको सहकार्यमा ब्राण्ड प्रवर्द्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि २०८२ पौष महिनाभरि लागु हुनेगरी “टप अप गरौँ बोनस पाऔँ अभियान सञ्चालन गरेको छ।

सो अभियान अवधिभर रु। २०० वा सोभन्दा माथिको रकम नेपाल बैंकको मोबाइल एपमार्फत टपअप गर्ने ८० जनालाई रु। १०० का दरले बोनस प्रदान गरिने र सोको घोषणा अभियान अवधि पश्चात गरिने बैंकले जनाएको छ। यस अभियानले बैंकको डिजिटल बैंकिङ अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास पनि बैंकले लिएको छ।

हाल नेपालभर २३१ शाखा, २३७ एटिएमका साथै ६१ वटा एक्स्टेन्सन काउन्टरको सञ्जाल मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी बैंकको रुपमा अघि बढिरहेको छ। करिब १० लाख ग्राहकहरुले डिजिटल प्रविधि मार्फत बैकिङ सेवा लिई लाभान्वित हुँदै आइरहेका छन्।

तपाईको प्रतिक्रिया