काठमाडौँ १६ मङ्सिर २०८२।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई ९ प्रतिशत लाभांश दरसहित ३५ लाख कित्ता अविमोच्य असञ्चिती अग्राधिकार शेयर निष्काशन गर्न अनुमति दिएको छ।
विकास बैंकको १८औँ वार्षिक साधारणसभाले शेयर जारी गर्ने प्रस्ताव पारित गरेपछि नेपाल राष्ट्र बैंकबाट अनुमोदन लिई सेबोनमा पेस गरिएको थियो। सेबोनले स्वीकृति दिएसँगै अब बैंकले शेयर निष्काशन प्रक्रियालाई अगाडि बढाउनेछ।
अग्राधिकार शेयर जारी भएपछि बैंकको पूँजीगत संरचना बलियो हुने, पुँजीकोष वृद्धि हुने तथा व्यवसाय विस्तारमा सहुलियत पुग्ने बैंकले जनाएको छ।
हालको बजार तरलता र प्रतिफलको अवस्थालाई हेर्दा ९ प्रतिशत लाभांशसहितको यो अग्राधिकार शेयर संस्थागत लगानीकर्ताका लागि आकर्षक विकल्प हुने बैंकको दाबी छ।

बिजनेस पोष्ट









फेसबुकबाट तपाईको प्रतिक्रिया