धनबहादुर मगर
काठमाडौँ १५ मङ्सिर २०८२-
जनकवि नरेश शाक्यको ७९ वर्ष पूरा गरि ८० औं जन्मदिन परेको अवसरमा नयाँबजारस्थित नमूना महिला आदर्श माविमा कविता वाचन गरि जन्मदिन मनाइएको छ ।
उक्त अवसरमा प्रगतिशील लेखक संघ, बागमती प्रदेशका उपाध्यक्ष तथा त्यस विद्यालयको शिक्षिका धनकुमारी न्यौपानको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा शाक्यद्धारा लिखित कविता वाचन गरि मनाएको थियो ।
जनकवि नरेश शाक्यद्वारा लिखित ‘ऋतु परिवर्तनका गीतहरु’ नामक कविता संग्रहबाट चर्चित कवि दिलकुमारी डंगाल, वरिष्ठ पत्रकार तेजेन्द्र प्रसाई, महेश प्रसाई, सरस्वती श्रेष्ठ, धनकुमारी न्यौपाने, स्वयम् कवि नरेश शाक्यले वाचन गरेका थिए ।
विद्यालयका संस्थापक अध्यक्ष भोला ढकालले नमुना महिला आदर्श मावि २०६२ साल भदौमा स्थापना भएको बताउँदै विद्यालयमा शाक्य जस्तो जनकविको जन्मदिन मनाउनु पाउँदा खुशी व्यक्त गरेका थिए । आफ्नो विद्यालयबाट सानै भएपनि पढ्न चाहने महिला दिदीबहिनीहरुलाई शिक्षा प्रदान गर्दै आएको पनि बताउँदै शिक्षा जस्तो विषय दिन पाउँदा गौरवको महशुश भएको बताए ।
ढकालले ठूलो स्तरको पढाई नभएपनि विद्यालयले दिएको शिक्षाबाट धेरैजना साक्षरता बन्न सफल भएको बताए ।
वरिष्ठ पत्रकार तेजेन्द्र प्रसाईले नरेश शाक्यको कविताहरु २०२३ सालताका आफू स्कुलमा पढ्दा सुन्ने र पढ्ने गरेको उल्लेख गरेको बताए । शाक्य आफै पनि आठराई क्षेत्रमा कर्म क्षेत्र बनाएको र आफू पनि आठराई क्षेत्रकै भएकाले यतिका समय भेट हुन नसक्दा आफैलाई आत्मग्लानी महसुस भएको बताए ।
प्रसाई पूर्वमा राल्फाली समूहका मञ्जुल, रायन, नरेश शाक्य, जस्ता व्यक्तिहरु एमालेमा थियो । एमालेलाई–एमाले बनाउन गीत गाउनु भयो । कविता लेख्नु भयो ।
उहाँहरुले विरुवा रोप्ने, हुर्काउने, बढाउने गर्नु भयो । फूल फुलाउनु भयो । फल खाने अर्कै भएको बताउनु भयो । शाक्य ८० वर्षको उमेरमा उक्तिकै सक्रिय रहेको बताउनु भयो ।
उक्त अवसरमा प्रसाईले रित्तिएका गुणहरु नामक आफ्नो कविता वाचन गर्नु भएको थियो ।
कक्ष ५ मा अध्ययनरत नमूना आदर्श महिला विद्यालकी ६० वर्षीय सरस्वती श्रेष्ठले ‘छोरीको वेदना’ नामक कविता वाचन गरेकी थिइन् ।
कविता वाचन गर्दागर्दै सरस्वती श्रेष्ठ भावुक बनेपछि विद्यालयकी शिक्षिका धनकुमारी न्यौपानेले उनको कविता वाचन गर्नु भएको थियो ।
अर्का कवि दिलकुमारी डंगालले फोक्सोमा मेरो देश नामक आफ्नै कविता संग्रहबाट कविता वाचन गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा तथा साहित्यकार महेश प्रसाइले कार्यक्रम देशकै नक्षेत्र मातृ सत्ताले गरेको छ । मेरी आमाले पाणिनीको अमरकोष लघु कुमुदिनी नघोकी खाना खान दिनु हुँदैनथ्यो । मातृ शक्तिलाई व्याभिचार गर्नेको जन्म नहोस् भने प्रसाई कामना समेत गरेका थिए । स्वास्थ र कविता हुने हो भने उपचार गर्नै नपर्ने बताउँदै सरस्वती श्रेष्ठको कविता जिवन्त भएको पनि बताउनु भयो । जुन कविता वाचन गर्दा आँसु झर्छ जीवन्त हुन्छ । प्रसाईले भन्नुभयो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष भोला ढकालले २१ औं शताब्दीमा नरेश शाक्य, वैरागी जेठा जस्ता कविहरु जन्मनु पर्ने उल्लेख गर्दै नेपाली साहित्यलाई निस्वार्थ रुपमा अगाडि बढाउनु पर्ने कुरामा जोडदिएका थिए ।
प्रसाईले, प्रत्येक व्यक्ति आफैमा कवि हो । आफै भित्र सम्वेदना हुन्छ । सम्प्रेषण मात्र फरक हुन्छ ।
जातपात छुवाछुट गर्नुपर्ने आवश्यक नभएको बताउँदै मानव जाति सबै एउटै बताए ।
पीता पुर्खाले जन्माएको संस्कृति हो । मेरो परिवार ९० प्रतिशत कामी, दमैको घरमा समाज सेवा गरेर हिडेको हो । मान्छेले राम्रो अभियान चलाउनु पर्छ ।
नरेश शाक्य जस्तो निष्पक्ष जीवन बोकेर हिडेको मान्छे राज्यले उपेक्षा गरेको कारण कष्टप्रद जीवन यापन गर्नु परेको पनि बताउनु भयो ।
नमूना महिला आर्दश माविले आफ्नो २० वार्षिक स्थापना दिवसको उपलक्ष्यमा स्मारिका प्रकाशन गर्ने लागेकाले साहित्यकार, लेखकहरुलाई कविता, कथा, निवन्ध, गजल, संस्मरण लगायत लेख रचनाहरु उपलब्ध गराउन समेत आग्रह गरेको छ ।
छोरीको वदेना
–सरस्वती श्रेष्ठ
छोरी भएकै कारण विद्यालय जान दिएनन्
कुनै दिन विद्यालय गएर पढुँला भन्ने मनमा थिएन ।
मत गाउँ पाखोमा हुर्केको छोरी
आधा उमेर गयो दुखैःदुखः गरि ।
सबैरै उठी गर्नु पथ्र्यो घाँस र दाउरा
जति काम गरेपनि जस कहाँ पाउँला ।
सानैदेखि गर्नु पथ्र्याे कुटो र कोदालो
भएन भनि बोक्नु पथ्र्याे जुवा र हलो ।
दाजुभाईको आँगनमा फूल फुलेझै देखिन्थ्यो
विद्यालय जान नपाएर मेरो आँखामा आँसु भरिन्थ्यो ।
आफ्ना दिनहरु आँसुका बादल बोकेर हिडिरहेको थिएँ
तर कहिले कहीँ त जिन्दगी नै अन्धकार भयोकी भनेर झस्किएँ ।
घरका भित्ताहरुले मेरा कुरा चुपचाप बसेर सुन्छन्
तर, बुबा आमाले पढ्न जान्छु भन्दा कहिल्यै सुनेनन् ।
कहिले काँही त किन छोरी भइ
जन्मेकी होला भनी चिच्याउनु मन लाग्छ
मेरो यो कस्तो अन्धकारको जिन्दगी भनी
सोच्न मन लाग्छ ।
छोरीको वेदना समुन्द्र जस्तै गहिरो हुन्छ
तर, माथिबाट हेर्दा सबै सामन्य जस्तो देखिन्छ ।
मैले पढ्न नपाएको कुरामा गरिरहन्थे गुनासो ।
तर, भगवान्ले सुन्नु भएछ ।
धेरै धेरै धन्यवाद ।
छोराले मात्र पढ्नु पर्छ भन्नुहुन्थ्यो बुबाले, तँ त छोरी जावी
मेरो भाग्य निर्धारण गर्ने कस्तो होला भावी ।
जे भएपनि आमा बुबाले यो धर्तीमा मलाई टेकाउनु भयो
यो संसार, यो दुनिया र मानव कस्तो हो भनि देखाई दिनु भयो ।
यो संसार देखाइदिने धन्यवाद छ, आमा–बुबालाई
अहिले ६० वर्षपछि पढ्ने मौका मिल्यो मलाई ।
विद्यालयमा शिक्षकले पढाउनु भयो हातमा कलम थमाई
धेरै–धेरै धन्यवाद गर्छ नमुना स्कुललाई ।
श्रेष्ठ कक्षा ५, वर्ष ६० कवि नमूना महिला आदर्शमावि नयाँबजार काठमाडौंमा ५ कक्षामा अध्ययनरत हुनुहुन्छ ।
रित्तिएको परेवाका गुँडहरु
तेजेन्द्र प्रसाई
टाढा–टाढा रहेको चारो टिप्न
उडेका परेवाका वथान
अझै फर्किएनन् बासमा
कतै पासोमा परे कि ?
आफ्नै गाउँमा चारा टिपेर
खान नसक्ने अवस्था आयो
बन्दुक बोकेको शिकारीको हुल
गाउँ छिरेपछि ।
आफ्नै आँगन, खेत, तोरीबारीहरुमा
चर्ने अवस्था बन्दै भएपछि
साना–साना बचेराहरु
पखेँटाका रौं झारेर उडेका जवान परेवाहरु
कोही उतै हराउने थाले ।
नयाँ ठाउँमा चर्दा–चर्दै
उतैकी परेवीसँग प्रिती साटेर
पराई ठाउँमै गुड बनाएर कति बसे ।
उताका शिकारीले फन्दामा पारेर
एकै पटक मासिएका दर्जन परेवाको
मृत्युले निम्त्याएको दुखद क्षणले
टाढा–टाढा उड्न पखेटा फट्फटाई रहेकालाई
नराम्रोसँग झस्कायो ।
केही समयको प्रतिक्षा पछि
रित्तै भइसकेका गाउँ घरका गुँडहरु
ए निर्दयी शिकारी हो
अब तिमीहरु गाउँतिर छिर्दै नछिर
रित्तिएका परेवाका गुँडहरु फेरि पनि
भरिनु पर्छ ।
आफ्नै धर्तीमा बच्चा कोरल्नु
अनि हुर्काउन पाउनु पर्छ ।
बिहान भालेको डाँकोसँगै
परेवा पनि घुर्नु पाउनु पर्छ ।
आफ्नै आँगनको विस्कुनमा चर्न पाउनु पर्छ
अब थन्क्याउ तिम्रा थोत्रा बन्दुक र गुलेलीहरु
पासो र जाल थाप्तै नथाप
सिधा साधा परेवाले पनि त
बाँच्न पाउनु पर्छ ।
चतुर काग र कोइलीको मात्र
यो धर्ती होइन ।
व्वाँसो र मलसाँप्रोको मात्र
विचरण गर्ने ठाउँ होइन ।
सबैले आनन्दको स्वास फेर्ने पाउनु पर्छ
प्रकृतिको सुरभ्यमय स्वच्छ हावामा
शान्तिसँग रम्न, रमाउनु पाउनु पर्छ ।











तपाईको प्रतिक्रिया