ग्वार्को फ्लाइओभर असार पहिलो साता सञ्चालनमा आउने 

Bizness Post बिजनेस पोष्ट
|
७ महिना अगाडि

काठमाण्डौ २९ जेठ २०८२

यदि वर्षाले अवरोध गरेन भने ग्वार्को फ्लाइओभर यही असारको पहिलो साताभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। सडक विभागका अनुसार, परियोजना अन्तिम चरणमा पुगेको छ र हाल फिनिसिङ तथा कालोपत्रेको काम भइरहेका छन्। फ्लाइओभरको लोड टेस्ट लगायतका मुख्य संरचनागत काम पूरा भइसकेका छन्।

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता प्रभातकुमार झाका अनुसार, ‘फ्लाइओभरका धेरैजसो काम सकिएका छन्। पुलको लोड टेस्टलगायतका काम सम्पन्न भइसकेका छन्। बाँकी केही फिनिसिङ मात्रै बाँकी छन्। वर्षाले खासै असर नगरेमा असारको पहिलो सातादेखि नै सञ्चालनमा ल्याइन्छ।’

तर, ठेक्का सम्झौताअनुसार दुई वर्षमा सम्पन्न गर्नुपर्ने परियोजना ठेक्का पाएको आशिष–समानान्तर–रेलिगियर जेभी निर्माण समूहको ढिलाइका कारण एक वर्ष पर धकेलिएको छ। दुईपटक म्याद थप्दा पनि निर्माण पूरा हुन सकेको छैन। हालसम्म परियोजनाको भौतिक प्रगति ८२ प्रतिशत मात्र रहेको छ। प्रारम्भिक डिजाइन परिवर्तन, साइटमा कामको ढिलाइ र समन्वय अभावले निर्माण प्रक्रिया झन् जटिल बनाएको निर्माण व्यवसायीहरू बताउँछन्।

यसबाहेक, निर्माण ढिलाइको कारण ठेकेदार कम्पनीले अब कुल लागत १७ करोड ६ लाख रुपैयाँमध्ये १० प्रतिशत बराबरको १ करोड ६ लाख रुपैयाँ पेनाल्टी तिर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया