कुमारी बैंकका ग्राहकहरूलाई बन्दिपुर केबल कारबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट

Bizness Post बिजनेस पोष्ट
|
५ महिना अगाडि

काठमाडौँ ०९ मङ्सिर २०८२-कुमारी बैंक र बन्दिपुर केबल कार एण्ड टुरिजमबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई बन्दिपुर केबल कारबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

यस सम्झौता बमोजिम बन्दिपुर केबल कार एण्ड टुरिजमबाट प्रदान गरी आएको सेवाहरुमा कुमारी बैंकका ग्राहकहरूलाई केबलकार टिकट, स्काई साइकिलिङ र जिपलाइन टिकट तथा डाईभ इन रेष्ट्रोमा १३५ सम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

बैंकको तर्फबाट बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणा र केबल कारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठ बीच २०८२र०८र०७ मा छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया