दुई हजार भन्दा बढीले घट्यो सुन

BusinessPost बिजनेस पोष्ट

काठमाण्डौ २६ कार्तिक २०८२।

नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । आज छापावाला सुन प्रतितोला २ हजार १०० ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला २ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार भने सुन प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँ कायम थियो ।त्यसैगरी आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेको हो । जसअनुसार आज चाँदी प्रतितोला ३ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला ३ हजार १ सय ७० रुपैयाँ कायम थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया