एफडी मोटर्सको नयाँ शोरुम अब पोखरामा

BusinessPost बिजनेस पोष्ट

काठमाडौँ, ३० माघ २०८१ ।

एफडी मोटर्सको नयाँ शोरुम पोखरामा सञ्चालनमा आएको छ । कम्पनीले सोमबार एक विशेष कार्यक्रमकाबीच उक्त नयाँ शोरुम उद्घाटन गरेको हो ।

नेपाली बजारमै अब्बल साबित भइसकेको ईलेक्ट्रिक स्कुटरले ग्राहकलाई थप र सरल सुवधाका लागि अन्य सहरहरुमा आफ्नो शोरुम विस्तार गरेको हो ।

यस कम्पनीद्वारा सञ्चालित ईलेक्ट्रिक स्कुटरमा मुख्यतया पाँच विशेषता रहेको छ । स्कुटरमा मुख्य गरी एलएफपी ब्याट्रि, साइड ड्राइभ मोटर, क्यान क्नट्रोलर, २०० एमएम ग्राउण्ड क्लियरेनस, ब्रेक रिजेनेरेटिङ्ग फिचरहरु उपलब्ध छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया