|
६ महिना अगाडि
काठमाण्डौ १० कार्तिक २०८२
सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाला सुन तोलाको २ हजार रुपैयाँले घटेर २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन सुन तोलाको २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलाको ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर २ हजार ९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ५ हजार ६७५ रुपैयाँ, र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ५५५ रुपैयाँमा कारोबार भईरहेको छ ।










तपाईको प्रतिक्रिया