काठमाण्डौ २८ अशोज २०८२
गरिमा विकास बैंक लिमिटेडको सञ्चालक समितिको ३३४औँ बैठकले आर्थिक वर्ष २०८१/०८२ को सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सोमबार बसेको उक्त बैठकले हालको चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र बोनस शेयर तथा नगद लाभांशको करसहित ४.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भई बैंकको आगामी उन्नाइसौँ वार्षिक साधारण सभाबाट पारित भएपश्चात् शेयरधनीहरूलाई वितरण गरिनेछ। हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७ रुपैयाँ ५७ पैसा रहेको छ। प्रस्तावित लाभांश स्वीकृत र पारित भएपछि बैंकको चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा पुग्नेछ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले देशभर १२५ शाखा कार्यालय, १ एक्सटेन्सन कार्यालय र ५१ वटा एटीएममार्फत ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।











तपाईको प्रतिक्रिया