काठमाण्डौ १० आश्विन २०८२,
नेपालीहरुको महान चाड बडा दशैंको अवसर पारेर नमिठो जाँडैको धेरै निगार बोलको गित सार्वजनिक गरिएको छ । पुरानो उखान टुक्का बाट जोडिएको यो गितलाई बुद्धि कुलुङले लेखेका हुन भने यो गितमा संगीतकार डि जे मेवाहाङले संगीत भरेका छन् । गितमा मेरो भोइस युनिभर्सका दुई फाईनलिस्ट सिजन १ का परेश राई र सिजन २ का जुनु प्रसाईंले आवाज दिएका छन् । नमिठो जाँडैको धेरै निगार नक्कली केटिको धेरै शृङ्गार भन्ने ठट्यौली ढाँचाको गितले दर्शकलाई मनोरञ्जन र दिन्छ नै यसले पुरानी उखान टुक्कालाई पुनर्जीवित गर्ने प्रयास रहेको यश गितका संगीतकार डि जे मेवाहाङ बताउछन् ।
गितको भिडियोमा आसिश लिम्बू र अप्शु वाजी लिम्बुको जोडिलाई देख्न सकिन्छ भने । यस गितको निर्देशन संगीत आफै डिजे मेवाहाङले गरेका हुन् । त्यस्तै तारा कुलुङको निर्माणमा तयार पारिएको गितमा संगीत समायोजन तथा ध्वनी मिश्रणमा सागर संसार राई, छायांकनमा गंगाराम राई,सम्पादनमा अमृत चापागाईं, नृत्य निर्देशनमा केशबराज भट्ट, शृङ्गारमा रितु कटुवाल रहेका छन् भने यो गित माहोल रेकर्डिङ स्टुडियोबाट रेकर्डिङ गरिएको हो । गितको भिडियोलाई तारा कुलुङ युटुब च्यानल बाट सार्वजनिक गरिएको छ ।

बिजनेस पोष्ट









फेसबुकबाट तपाईको प्रतिक्रिया