बुधबार र बिहीबार सेयर बजार बन्द रहने

Bizness Post बिजनेस पोष्ट
|
१ वर्ष अगाडि

काठमाडौँ २५ भाद्र २०८२।

सेयर बजार आइतबारसम्म बन्द हुने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।
विषम परिस्थितिमा लगानीकर्ताबिच माग भई आएकोले बुधबार र बिहीबारका लागि बजार बन्द गर्ने निर्णय भएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

शुक्रबार र शनिबार भने नेप्सेको कारोबार नियमित रूपमै बन्द रहनेछ । सोही कारण बजारमा सो दिनपछि मात्रै कारोबार सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया