सुनको मूल्यमा नया कीर्तिमानी

Bizness Post बिजनेस पोष्ट
|
१ वर्ष अगाडि

काठमाडौं २४ भाद्र २०८२

नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ कीर्तिमान राखेको छ । आज एकैदिन छापावाला सुन तोलामा ३ हजार एक सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको२ लाख १४ हजार ७०० रुपैयाँ पुगेको हो । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ४७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ५१५ रुपैयाँ कायम भएको हो ।

तपाईको प्रतिक्रिया