|
१ वर्ष अगाडि
काठमाडौँ २२ भाद्र २०८२,।
एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई २० प्रतिशत बम्पर लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले यो प्रस्ताव पारित गरेको हो।
प्रस्तावित लाभांशमा १४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर समावेश छन्। यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।
बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। त्यस्तै, वितरणयोग्य नाफा ४ अर्ब ९५ करोड ४४ लाख ७० हजार रुपैयाँ रहेको थियो। यस आधारमा बैंकले ३८.२७ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ। यद्यपि, केही रकम जगेडा कोषमा राख्ने निर्णय गर्दै बैंकले २० प्रतिशत लाभांश मात्र वितरण गर्ने निर्णय गरेको छ।












तपाईको प्रतिक्रिया