सर्वोत्तम सिमेन्टको खुद नाफा १ अर्ब ४५ लाख

Bizness Post बिजनेस पोष्ट
|
४ महिना अगाडि

काठमाडौं २ भाद्र २०८२

सर्वोत्तम सिमेन्टले १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सिमेन्टले १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा कमाएको को हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा १४ करोड ९३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । कम्पनीको नाफा गत वर्ष ५७२.५२ प्रतिशत बढेको हो।

बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। यो अवधिमा कम्पनील ेसिमेन्छ बिक्री गरेर ९ अर्ब ५५ करोड रुपैयाँ कमाएको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल नाफा १७३.०१ प्रतिशत बढेको छ । अन्य आम्दानी २१८.०२ प्रतिशत बढेको छ। कम्पनीको कुल खर्च भने ५४.३८ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ९८ पैसा बढेर २० रुपैयाँ १९ पैसा छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया