बिजनेस पोष्ट

काठमाण्ण्डौ १६ चैत्र २०८१
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ५८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष प्रदीपलाल श्रेष्ठको सभापतित्वमा शुक्रबार साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले आर्थिक वर्ष ०८०र८१ को वार्षिक प्रतिवेदन, वित्तीय अवस्थाको विवरण, नाफा नोक्सानीको विवरण, नगद प्रवाह विवरणका साथै लेखा नीति उपर छलफल गरी पारित गरेको छ । कर्पोरेसनको कारोबारको विवरण प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले ०८०र८१ को कारोबार समष्टिगतमा मूल्यांकन गरी व्यापारिक कारोबार सन्तोषजनक रहेको र वित्तीय क्षेत्रको लगानी पनि उपलब्धिमूलक रहेको अवगत गराउँदै, नुन, खाद्यवस्तु, रासायनिक मल तथा अन्य वस्तुको कारोबार गरिएको बताए ।
साल्टले सेयरधनीलाई दश प्रतिशतका दरले नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । साथै, सुनकोशी नदीलगायतमा आएको भीषण बाढीले जनधनको व्यापक क्षति पुर्याएकोमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा कर्पोरेसन र कर्मचारीका तर्फबाट समेत ६० लाख रूपैयाँ उपलब्ध गराएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया