युद्धको आगोमा जन्मेको स्वप्न

BusinessPost बिजनेस पोष्ट

   तोमनाथ उप्रेती 

पश्चिमेली हावाले घेर्‍यो,
सुनको भूमिमा गरिबीको काँडाहरु उम्रिए,
उज्यालो सूर्यको देशमा
सायद कसैको छायाँ बाक्लियो।
त्राओरे उठ्छ,
साहसको ढाल ओढेर,
साम्राज्यवादको सिँढी उक्लनेहरूलाई
पञ्चेको आवाजमा उठेर भन्न्छ –
“म कठपुतली होइन,
मेरो धर्तीको सुन मेरो रगतले रंगिएको छ।”
जुन सुन
पेरिसका गल्लीमा हराउँदै गयो,
जुन सुन
रुसको हिउँमाथि रातको धुवाँमा गुम्सियो,
त्यो सुनलाई
आफ्नो मातृभूमिमा फर्काउन
उसले बन्दुक समात्यो,
जनताको सपना समात्यो।
हावा चिच्याउँछ,
गोलीहरू वर्षिन्छ,
भोक, अशान्ति, आतंकको गर्जना
सडकहरूमा नाङ्गो नाच गर्छ,
तर उसले भन्छ –
“युद्धको आगोमा हामी फेरि जन्मिन्छौँ,
जुन दिन यो धर्ती हाम्रो हुनेछ,
त्यो दिनको लागि हाम्रा छोराहरूको रगत
गंगाजल बन्नेछ।”
उसको स्वर,
तुफान बनेर अफ्रिकाका कानमा गुञ्जिन्छ,
“स्वतन्त्रता, न्याय, समता”
नारा बनेर उफ्रन्छ,
नाच्छ
कङ्गोको झरनामा,
नाइजेरियाको बालुवामा,
केन्याको हरियालीमा,
एउटा नयाँ बिहानीको पर्खाइमा।
हामी
वर्ग, जात, रंग र भाषा बिर्सेर
त्यस युद्धमा साथ दिनेछौँ,
रगतको आहाल पार गर्नेछौँ,
शोषणका दाँत तोड्नेछौँ,
र एउटा सिङ्गो महादेश
फेरि एकपटक आफ्नो मुटुको धड्कन
सुनिने बनाउनेछौँ।
यो युद्ध,
सिर्फ बन्दुकको होइन,
सिर्फ सुनको होइन,
यो आत्मसम्मानको युद्ध हो,
धर्ती र आकाशलाई फिर्ता लिने युद्ध हो,
आफ्नै छायाँमाथि
आफ्नो सूर्य उमार्ने युद्ध हो।
पश्चिमेली हावाले घेर्‍यो,
सुनको भूमिमा गरिबीको काँडाहरु उम्रिए,
उज्यालो सूर्यको देशमा
सायद कसैको छायाँ बाक्लियो।
त्राओरे उठ्छ,
साहसको ढाल ओढेर,
साम्राज्यवादको सिँढी उक्लनेहरूलाई
पञ्चेको आवाजमा उठेर भन्न्छ –
“म कठपुतली होइन,
मेरो धर्तीको सुन मेरो रगतले रंगिएको छ।”
जुन सुन
पेरिसका गल्लीमा हराउँदै गयो,
जुन सुन
रुसको हिउँमाथि रातको धुवाँमा गुम्सियो,
त्यो सुनलाई
आफ्नो मातृभूमिमा फर्काउन
उसले बन्दुक समात्यो,
जनताको सपना समात्यो।
हावा चिच्याउँछ,
गोलीहरू वर्षिन्छ,
भोक, अशान्ति, आतंकको गर्जना
सडकहरूमा नाङ्गो नाच गर्छ,
तर उसले भन्छ –
“युद्धको आगोमा हामी फेरि जन्मिन्छौँ,
जुन दिन यो धर्ती हाम्रो हुनेछ,
त्यो दिनको लागि हाम्रा छोराहरूको रगत
गंगाजल बन्नेछ।”
उसको स्वर,
तुफान बनेर अफ्रिकाका कानमा गुञ्जिन्छ,
“स्वतन्त्रता, न्याय, समता”
नारा बनेर उफ्रन्छ,
नाच्छ
कङ्गोको झरनामा,
नाइजेरियाको बालुवामा,
केन्याको हरियालीमा,
एउटा नयाँ बिहानीको पर्खाइमा।
हामी
वर्ग, जात, रंग र भाषा बिर्सेर
त्यस युद्धमा साथ दिनेछौँ,
रगतको आहाल पार गर्नेछौँ,
शोषणका दाँत तोड्नेछौँ,
र एउटा सिङ्गो महादेश
फेरि एकपटक आफ्नो मुटुको धड्कन
सुनिने बनाउनेछौँ।
यो युद्ध,
सिर्फ बन्दुकको होइन,
सिर्फ सुनको होइन,
यो आत्मसम्मानको युद्ध हो,
धर्ती र आकाशलाई फिर्ता लिने युद्ध हो,
आफ्नै छायाँमाथि
आफ्नो सूर्य उमार्ने युद्ध हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया