|
६ महिना अगाडि
काठमाडौं ६ साउन २०८१- आँपको सिजनमै ४० करोड रुपैयाँ बढीको आँप भारतबाट नेपाल भित्रिएको छ । यो ३ महिनामा भारतबाट उक्त रकम बराबरको ६३ लाख केजी आँप आयात भएको हो । जसबाट ७ करोड ८२ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
वैशाख महिनामा ७ करोड २९ लाख रुपैयाँ बराबरको ११ लाख ९२ हजार केजी आँप आयात भएको छ । यसैगरी, जेठ महिनामा १० करोड ७ लाख रुपैयाँ बराबरको १६ लाख ७ हजार केजी र असार महिनामा २१ करोड ८७ लाख रुपैयाँ बराबरको ३४ लाख केजी आँप भारतबाट आयात भएको हो । गत आर्थिक वर्षको वैशाखदेखि असारसम्म ३ महिनामा ४० करोड रुपैयाँ बढीको आँप नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।












तपाईको प्रतिक्रिया