चौथाइवाले फर्किएपछि राजनीतिमा तरंग, ओली भेट्न दाहालसँगै किन गए बर्षामान?

Bizness Post बिजनेस पोष्ट
|
७ महिना अगाडि

आरपी गौतम

काठमाडौं २१ बैशाख २०८२ ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीसँग राजनीतिक संवाद अघि बढाएका छन्। भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले फर्किएसँगै नयाँ राजनीतिक गतिविधि सुरु भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आइतबार ओलीलाई भेट्न बर्षमान पुनलाई लिएर प्रधानमन्त्री कार्यालय पुगेका हुन् । एमाले र माओवादी अध्यक्षहरुबीचको भेटले राजनीतिक बृत्तमा नयाँ तरंग ल्याइदिएको छ।

सो भेटमा प्रधानमन्त्री केपी ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई विशेष महत्व दिएको देखिन्छ । गभर्नर नियुक्तिको विषयलाई लिएर सत्तामा रहेका कांग्रेस र एमालेबीच विवाद भइरहँदा टिआरसी विद्ययकको आवरणमा भएको सो भेट भएको हो ।

जसलाई राजनीतिक बृत्तमा नयाँ गठबन्धनको प्रयासको रुपमा हरिएको छ। यद्यपी आइतबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा संक्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल भएको दाबी गरिएको छ। तर वाम एकताका लागि भित्रभित्रै प्रयासरत माओवादी पार्टीका उपमहासचिव वर्षमान पुनलाई साथमा लिएर दाहाल प्रधानमन्त्री ओली भेट्न पुगेका हुन्। जबकी भाजपाका नेता विजय चौथाइवालेसँग बर्षामान पुनले समेत एक्लाएकले भेट गरेका थिए ।

चौथाइवालेसँग एक्लै पनि भेटेका बर्षामान पुन समेत ओली भेट्न अध्यक्षको साथ लागेर गएकाले पनि राजनीतिमा कतै खिर पाक्दै त छैन ? कतै नयाँ गठबन्धन त बन्दै छैन ? भनेर आशंका जागृत भएको छ । त्यसमाथी सिंहदरबारमा भएको भेटमा ओलीले दाहाललाई विशेष महत्व दिएर प्रधानमन्त्रीको कुर्सी छाडी दाहालसँगै तल बसेका छन्।

तपाईको प्रतिक्रिया