सूर्यविनायक नगरसभाको २ अर्ब २५ करोडको बजेट

Bizness Post बिजनेस पोष्ट
|
७ महिना अगाडि

काठमाडौं १२ असार २०८२-सूर्यविनायक नगरसभाको १८ औं अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ । शुक्रबारदेखि शूरु अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम र विभिन्न विषयगत समितिका प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

नगर प्रमुख बासुदेव थापाको अध्यक्षतामा सोमबार बसेको दोस्रो बैठकमा नगर उपप्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक सरिता तिमल्सिना भट्टराईले २ अर्ब २५ करोडको बजेट प्रस्तुत गर्नु भएको थियो ।

सार्वजनीक गरिएको बजेट अनुसार आयतर्फ संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान, राजस्व बाँडफाँड, समपूरक अनुदान तथा सशर्त अनुदान गरि जम्मा ७१ करोड १९ लाख ३१ हजार ३ सय १६ रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त अनुदान गरि ६० करोड २९ लाख ४८ हजार ७ सय ८ रुपैया र आन्तरिक स्रोतबाट ९३ करोड ५१ लाख १९ हजार ९ सय ७५ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै, विभिन्न विषयतग शीर्षकमा आर्थिक विकास तर्फ २५ करोड १५ लाख ५० हजार, सामाजिक विकास तर्फ ३३ करोड १२ लाख ५० हजार, पूर्वाधार विकास तर्फ ४६ करोड ११ लाख, वन, वातावरण, विपद् तथा सरसफाई ब्यवस्थापन तर्फ १५ करोड ७ लाख, सुशासन तथा अन्तरसम्बन्धीत क्षेत्र तर्फ २५ करोड ४५ हजार कार्यालय संचालन तथा प्रशासनीक खर्च तर्फ ३६ करोड १० लाख २० हजार छुट्याइएको छ ।

नगरपालिकाले यो पटकको बजेटमा ठूलो हिंस्सा नगर अस्पतालको लागि छुट्याएको छ । आधारभूत स्वास्थ्य सेवामा नागरिकको सरल, सहज र सर्वसुलभ पहुँच सहित सुरक्षित मातृशिशुको सुनिश्चितताको लागि शल्यकृया सहितको प्रसुती सेवाको साथै विशेषज्ञ शल्य चिकित्सा सुविधासहित ५० शैप्याको नगर अस्पताल संचालनको लागि १७ करोड ९५ लाख बजेट छुट्याइएको छ ।

बैठकमा नगर प्रमुख थापाले पहिलो बैठकमा प्रस्तुत विभिन्न विषयगत समितिका प्रतिवेदन, आर्थिक विधेयक, भवन निर्माण विधेयक, नगर प्रहरी बल विधेयक २०८२, नगर उपप्रमुख भट्राईले पेश गर्नु भएको वार्षिक आयरब्यय तथा विनियोजन विधेयक निर्णयार्थ पेश गर्नु भएको थियो । सभामा दफाबार छलफलपश्चात प्रस्तुत सबै प्रस्तावहरु सर्वसम्मत पारित भएको थियो ।

नगरपालिकामा नगर प्रमुख बासुदेव थापाले नेतृत्व गर्नु भएको आठ वर्षको यो अवधिमा अहिलेसम्मको नगरसभाको १८ औं अधिवेशन र १ सय ८९ औं कार्यपालिका बैठक सर्वसम्मत पारित भएको छ ।

विशेष गरि सूर्यविनायक नगरपालिकामा नगर प्रमुख थापाले ‘राजनीतिमा प्रतिस्पर्धा, विकास निर्माणमा ऐक्यबद्धता’ भन्ने नारालाई आत्मसाथ गर्दै आउनु भएको छ भने नगरवासीको अपनत्व वृद्धि गराउन सबै पक्षबाट सुझाव लिने र प्राप्त सुझावलाई समेटेर अगाडि बढ्दै आउनु भएको छ ।

 

तपाईको प्रतिक्रिया