|
८ महिना अगाडि
काठमाडौं १९ जेठ २०८२-व्यवसायीले सार्वजनिक यातायात ठप्प पारेपछि नेपाल प्रहरीले सर्वसाधारणलाई सेवा दिन आज काठमाडौं उपत्यकामा निःशुल्क बस सञ्चालन गरेको छ । प्रहरी प्रधान कार्यालयले विभिन्न दुईवटा रूटमा निःशुल्क बस सञ्चालन गरेको हो । प्रहरी प्रधान कार्यालय नक्सालबाट ती बस काठमाडौं,भक्तपुर र ललितपुरका विभिन्न गन्तव्यमा छुट्ने प्रहरीले जनाएको छ । राइड सेयरको विरुद्धमा सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात बन्द गरेर विरोधमा उत्रिएका छन्। जसले गर्दा लामो तथा छोटो दूरीका सार्वजनिक यातायात चलेका छैन।










तपाईको प्रतिक्रिया