बजेटमार्फत कर्मचारीको तलब बढाइदै

Bizness Post बिजनेस पोष्ट
|
८ महिना अगाडि

काठमाडौं– १३ जेठ २०८२।

सरकारले कर्मचारीको तलव वृद्धि गर्ने भएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार आर्थिक वर्ष २०८२ /२०८३ को बजेट मार्फत् कर्मचारीको तलव १० प्रतिशतले बढाइने गरी ड्राफ्ट तयार भएको छ ।

बजेट मार्फत् सरकारले तलव वृद्धि गर्ने र महँगी भत्तालाई समेत निरन्तरता दिने भएको छ । यसबाट निजामती, सुरक्षाकर्मी, शिक्षक लगायत करिव ५ लाखको हाराहारीमा बहालवाला कर्मचारी लाभान्वित हुने देखिएको छ । तलव वृद्धि भएसँगै अवकाशप्राप्त कर्मचारी समेत लाभान्वित हुने देखिएको छ । उनीहरुको खाइपाइ आएको पेन्सन रकममा पनि वृद्धि हुनजान्छ ।

कर्मचारीको तलव सामान्यतया २/३ वर्षमा बढ्ने गरेको छ । पछिल्लोपट आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत् तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १५ प्रतिशतका दरले कर्मचारीको तलव वृद्धि गरेका थिए । यसपटक भने १० प्रतिशतका दरले बढाइन लागेको हो ।

यता, सीमित कर्मचारीहरुको तलब बढेसँगै असिमित जनताको ब्ययभार बढ्ने गर्छ । कर्मचारीहरुको तलब बढेसँगै उनीहरुको खर्च गर्ने क्षमता बढ्ने र त्यसले बजारमा महंगी सिर्जना गर्ने गरेको इतिहास छ । साथसाथै कर्मचारीहरुको तलब, भक्ता बढ्दै गर्दा देशको आर्थिक भार पनि बढ्ने हुन्छ । जसले गर्दा पुँजिगत बजेट खुम्चिएर विकास निर्माणको काममा बजेट अपुग हुने सम्भावना पनि रहन्छ । फेरी ब्यापार व्यवसायीहरुले पनि कर्मचारीहरुको तलबमान बढेको मौका पारेर दैनिक उपभोग्य सामान देखि हरेक कुरामा मुल्यबृद्धि गर्ने गरेको विगत छ । त्यसले चौतर्फी मार मन्दी र अभावग्रस्त्र गरिव तथा उपेक्षित जनता पर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया