लेखक मनिकर कार्कीको पुस्तक ‘अर्थ दृष्टि’ सार्वजनिक

Bizness Post बिजनेस पोष्ट
|
८ महिना अगाडि

काठमाण्डौ १० जेठ २०८२।

मनिकर कार्कीको पुस्तक अर्थ दृष्टि शुक्रबार एक कार्यक्रमबीच विमोचन गरिएको छ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, गभर्नर डा. विश्व पौडेल, राजनीतिज्ञ राजेन्द्र श्रेष्ठ, पूर्व मन्त्री रामकुमारी झाँक्रीले पुस्तकको विमोचन गरेका हुन ।

विमोचन कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले २१औँ शताब्दीमा विश्वसँग तालमेल मिलाउँदै अघि बढ्न सकेमा नेपालले अल्पविकास, गरिबी, बेरोजगारी र परनिर्भरताबाट मुक्ति पाउन सक्ने विश्वास व्यक्त गरे । भट्टराईका अनुसार एसियाली मुलुकहरूमा विकासको गति तीव्र बनिरहेको सन्दर्भमा नेपालले पनि विश्वसँग तालमेल मिलाउँदै अघि बढ्नु आजको प्रमुख आवश्यकता हो । उनले छिमेकी ठुला मुलुकहरूसँग सन्तुलित सम्बन्ध कायम गर्दै समृद्धिको बाटो समात्नुपर्नेमा जोड दिए।

यस्तै नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मुलुकको बजेट संरचना असहज बन्दै गएको बताए । उनले देशमा सामाजिक सुरक्षा र राज्यका अन्य सेवा–सुविधा खर्चहरू अत्यधिक भएको कारण मुलुकको विकासका लागि आवश्यक पुँजी अभाव हुने खतरा रहेको बताए।

अल्पविकासको अर्थ–राजनीति कार्कीको अर्थ दृष्टि इन्डोको इन्कले प्रकाशन गरेको हो । पुस्तकमा नेपालको वर्तमान अर्थतन्त्रको अवस्था, श्रम निर्यात र बस्तु आयातको आर्थिक संरचनाका विषयलाई गहिरोसँग केलाइएको छ ।

पुस्तकले विश्व अर्थ राजनीति भएका समकालिन विमर्श र त्यसबाट नेपालले अवलम्बन गर्नुपर्ने सम्भावित मार्गबारे चर्चा, इतिहासमा नेपाली अर्थतन्त्रको चरित्र र विभिन्न कालखण्डहरूमा अवलम्बन गरिएका आर्थिक दृष्टिकोणमाथि प्रकाश पारिएको लेखक कार्कीको भनाई छ ।

तपाईको प्रतिक्रिया