काठमाण्डौ ५ साउन २०८२
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको असारमसान्तसम्म ६ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०५ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ८.५१ प्रतिशतले घटेर ९९ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको अन्य आम्दानी ४ करोड ४३ लाख रुपैयाँ रहेको छ । कम्पनीले कर्मचारी खर्च ३३ करोड ३० लाख, ब्याज खर्च ४१ करोड ४७ लाख रूर्पैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको ह्रासकट्टी खर्च १ करोड २१ लाख र १७ करोड ८२ लाख रुपैयाँ बराबरको प्रशासनिक खर्च गरेको छ ।कम्पनीको जगेडा तथा मुनाफा कोषको आकार १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । कम्पनीको चालु सम्पत्ति ५ अर्ब ३७ करोड र कुल चालु दायित्व ५ अर्ब ८३ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको प्रति सेयर कुल सम्पत्तिको मूल्य २ हजार ३८१.४१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २७३.९८ गुणा कायम भएको छ ।कम्पनीको प्रति सेयर आम्दानी (ईपीएस) १९.३१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ४१६.७४ रुपैयाँ रहेको छ












तपाईको प्रतिक्रिया